११ वैशाख, विराटनगर ।नेपालमा थप एक जना काेराेना संक्रमित भेटिएका छन् । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका हुन् । प्रदेश १ सरकार स्रोतका अनुसार हत्वागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हाे।
उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।
भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ ।
ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।
यसअघि बिहीबार दिउँसाे मात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय बालकमा संक्रमण देखिएको जानकारी दिएको थियो ।
१४ बर्षे बालकसहित थप ३ जनामा संक्रमण भेटिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।
बिहिवार कोभिड–१९ को परीक्षणका क्रममा भोजपुर, उदयपुर र जनकपुरमा एक महिला सहित दुई पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको अधिकारीले जानकारी दिनुभयो ।