काठमाडौं, ११ वैशाख ।
नेपालमा थप कोरोना संक्रमिति भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले उदयपुरमा थप एक जना नयाँ संक्रमित भेटिएको र जनकपुरमा पनि एक संक्रमिति भेटिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उदयपुरमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्ष ५५ कि महिलामा संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमितको संख्या २९ पुगेको छ । उनकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे स्वाब परिक्षणका क्रममा काेराेना संक्रमण पुष्टि भएकाे डा. देवकाेटाले जानकारी दिनुभयाे ।
यसअघि बुधवारसम्म उदयपुरको भुल्केमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै जनकपुरमा नयाँ संक्रमिति भेटिएका छन् । जनकपुरका एक १४ बर्षका बालकमा कोरोना पुष्टि भएको उहाँले बताउनु भयो ।उनकाे पनि टेकुमा नै स्वाब परिक्षण गरिएकाेमा संक्रमण पुष्टि भएकाे हाे ।
यो सँगै संक्रमितिको संख्या ४७ पुगेको छ । देशभर १० हजार ५७३ क्वारेन्टाईनमा छन् । आइसोलेसनमा ८६ छन् ।
बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।
त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेकाे देवकाेटाले बताए ।