फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मुम्बई, १० वैशाख / सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ ।

रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ ।

चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ । बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ