एजेन्सी चैत्र २६ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि चीन केन्द्रीत भएको भन्दै कडा आलोचना गरेका छन् । उनले विश्व स्वास्थ्य संगठनले ठूलो आर्थिक सहायता अमेरीकाबाट पाउने गरेको भन्दै त्यो रोक्ने सम्मको चेतावनी दिएका छन् ।
उनले ह्वाईट हाउसको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओले कोरोना भाईरस सम्बन्धि सूचना होल्ड गरेको, चीन केन्द्रीत भएर सीमाहरु खुल्ला राख्न भनेको जस्ता बिषयमा कडा टिप्पणी गर्दै सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

उनले ट्वीटरमा समेत विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आफूहरुले नमानेको बताएका छन् । चीनको वुहानमा भाईरस देखा परे पछि पनि डब्लुएचओले चीनबाट यात्रा प्रतिवन्ध गर्न अपील नगरे समेत ट्रम्पको आरोप छ ।
अमेरीकाले धेरै पैसा दिन्छ, ठूलो हिस्सा अमेरीकाकै छ आर्थिक सहायतामा तर पनि डब्लुएचओ कोरोना फैलिए पछि चीनसगँ केन्द्रीत भएको देखिन्छ उनले भनेका छन् ।