मिर्मिरेअनलाईनको समाचार प्रभावः हरीराम थारुले पाए राहत

मिर्मिरेअनलाईनको समाचार प्रभावः हरीराम थारुले पाए राहत

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

चैत्र २१ काठमाण्डौं । मिर्मिरेअनलाईनमा आज बिहान काठमाण्डौमा मजदुरले राहत नपाएको सम्बन्धि एक समाचार प्रकाशित भए पछि एक मजदुर हरीराम थारुले राहत पाएका छन् ।
उनले पाचँ पटक सम्म वडा कार्यलय धाउदा समेत राहत नपाएको बिषयमा समाचार प्रकाशित भए पछि नेपाली काँग्रेस बागमति प्रदेश सभाका सदस्य काठमाण्डौं क्षेत्र नं एक का दिपेन्द्र श्रेष्ठले सो समाचारका आधारमा सम्पर्क गरी ग्यास ओसार पसार गर्ने बर्दियाका मजदुर हरीराम थारुलाई काँग्रेसको तर्फबाट राहत उपलव्ध गराएका छन् ।
वडा कार्यलयमा कहिले सिफारीस, कहिले नागरिकताको फोटोकप भन्दै पाँच पटक धाउदा पनि राहत नपाएर निराश भएका थारुको बिषयमा शुक्रबार मिर्मिरेले खबर प्रकाशित गरेको थियो ।
त्यस पछि सांसद श्रेष्ठले सोही समाचारको आधारमा थारुसगँ सम्पर्क गरी पार्टीले काठमाण्डौं क्षेत्र नं १ अन्तर्गत घट्टेकुलोमा थारुलाई बोलाएर चामल, दाल नुन लगायतका राहत सामाग्री उपलव्ध गराएका हुन् । कामनपा वडा नं २९ मा बस्ने थारु अनामनगर स्थित नेपाल ग्याँसको डिपोमा काम गर्दै आएका छन् ।


थारुले राहत पाए पछि खुसी व्यक्त गरेका छन् । उनी २० बर्ष भन्दा लामो समयदेखि काठमाण्डौमा रहेर ग्यास डेलिभर गर्ने काम गर्दै आएका छन् ।
लक डाउनपछि काम पनि कम भएको र आर्थिक अवस्था पनि कमजोर रहेकाले निकै समस्या परेका बेला सरकारले नदिए पनि काग्रेसले भए पनि राहत दिएको भन्दै उनले खुसी व्यक्त गरे ।
काग्रेस नेता तथा क्षेत्र नं एक का संघीय सासद प्रकाश मान सिंहले घट्टेकुलो समाजको कार्यलयमा थुप्रै मजदुहरुलाई राहत बितरण गरेका थिए ।
वडा कार्यलयमा भन्दा काग्रेसले वितरण गरेको राहत लिन ठूलो संखयामा मानिसहरु उपस्थित भएको देख्न सकिन्थ्यो ।

श्रमिकले नै पाउँदैनन् राहतः काठमाडाैका थारु पाँच चोटी धाउदा पनि रित्तै फर्किए, वडा अध्यक्ष भन्छन्- मलाई फोन गर्न लाउनुस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ