श्रमिकले नै पाउँदैनन् राहतः काठमाडाैका थारु पाँच चोटी धाउदा पनि रित्तै फर्किए, वडा अध्यक्ष भन्छन्- मलाई फोन गर्न लाउनुस्

श्रमिकले नै पाउँदैनन् राहतः काठमाडाैका थारु पाँच चोटी धाउदा पनि रित्तै फर्किए, वडा अध्यक्ष भन्छन्- मलाई फोन गर्न लाउनुस्

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

चैत्र २१ काठमाण्डौं । बर्दियाका हरीराम थारु २० बर्षदेखि काठमाण्डौं अनामनगरमा घर घरमा साईकलमा ग्याँस पुर्याउने काम गर्दछन् । उनको एक श्रीमति सहित ६ जनाको परिवार २९ नं वडामा बस्दछन् । उनकी श्रीमति रमा थारु सुत्केरी स्याहार्ने काम गर्छिन् भने एक छोरा राम पनि ग्याँस पुर्याउने काम गर्दै आएका छन् ।
यस्तो जोखिमका बेला पनि अनामनगर स्थित नेपाल ग्यासको डिपोबाट जोखिम मोलेर उपभोक्ताहरुको ग्याँस ओसार्न व्यस्त रहेका थारुलाई सरकारले राहत दिन्छ भन्ने कुराले केही खुसी दियो ।
लेखपढ नभएका उनी डिल्ली बजार स्थित ३२ नं वडा कार्यलय पुगे । शुरुमा घरबेटीको सिफारीस लिएर आउन भनियो । उनी त्यस पछि फेरी सिफारीस आदि लिएर वडा कार्यलय भोलीपल्ट पुगे , फेरी अब फारम भर्नु भनियो । त्यस पछि उनी फेरी फिर्ता भए ।
अरुको सहयोगमा फारम लिएर फेरी वडा कार्यलय जादाँ आज सकियो भोली ११ बजे आउनु भनियो । फेरी वडामा भोलीपल्ट जाँदा नागरिकताको फोटोकपी ल्याउनु भनियो ।
त्यस पछि आज बिहान उनी त्यो पनि लिएर गए तर एक जना कर्मचारीले फारमै छैन भन्दै हातमा फारम बोकेर हिडेँको दुखः सुनाउछन् थारु ।


हातमा फारम बोकेर अरुलाई चाहीँ फारम म सँगै छ भन्दै फोनमा कुरा गर्दै वडा कार्यलय बाहिर निस्केको थारुको गुनासो छ । त्यसपछि उनलाई फेरी घरबेटीको पनि नागरिकता लिएर आईज भनेर फिर्ता गरिएको दुखेसो थारुले मिर्मिरेसगँ पोखे । उनी भन्छन्, अब म राहतै लिन जान्न ।
त्यो गुनासो पछि हामीले २९ नं वडा अध्यक्ष कुश कुमार ढकाललाई सम्पर्क गर्यौं । त्यसक्रममा अध्यक्ष ढकालले समस्या भएर आजदेखि बाड्ने प्रकृया परिवर्तन गरेको , अब घर घरै गएर फारम दिने बताए । थारुका बिषयमा जिज्ञासा राख्दा उनले सिधै मलाई फोन गर्न लगाउनु भन्ने जवाफ दिए ।
उनका अनुसार ज्लादारी मजदुर कति छन् भन्ने तथ्यांक नरहेको र हिजो सम्म १ सय १५ परिवारलाई राहत वितरण गरिएको र आजबाट कर्मचारी प्रतिनिधिले मजदुरलाई चीट दिएर त्यस पछि कार्यलयबाट राहत दिने उनले बताए ।
लक्षित वर्गले रातत नपाए सिधै मलाई फोन गर्नु , अध्यक्ष ढकालले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ