एजेन्सी चैत्र १० । डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल १ सय ८९ देशमा कोरोना प्रवेश गरेको छ । यसबाट १४ हजार ४ सय ४१ को मृत्यु भएको छ । ३ लाख ३७ हजार ७ सय ५४ संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा इटालीमा ६ सय ५१, स्पेनमा ३ सय ७५, अमेरीकामा १ सय ,ईरानमा एक सय बढीको मृत्यु भएको छ ।
फ्रान्समा कोरोनाको उपचारमा संलग्न डाक्टरकै मृत्यु भएको छ ।
स्पेननका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोनाले संसारलाई धेरै कठिन अवस्थामा पुर्याएको चेतावनी दिएका छन् । राष्ट्रका नाममा संवोधन गर्दै पेड्रोले यो समय आफैले आफूलाई मजबुत पार्ने समय हो भनेका छन् ।
अमेरीकाको न्यूयोर्क स्थित जेलमा समेत ३८ जनामा कोरोना देखिए पछि सन्त्रास उत्पन्न भएको छ ।
बेलायतले ईटालीमा जस्तै अवस्था दुई साता भित्र आउन सक्ने भन्दै सबै नागरिकलाई सतर्क रहन चेतावनी दिएको छ ।
यी हुन् सबैभन्दा प्रभावित १० देश
देश संक्रमित मृत्यु
१. ईटाली ५९,१३८ ५४७६
२.चीन ८१०५४ ३२६१
३.स्पेन २८६०३ १७५६
४.ईरान २१,६३८ १६८५
५.फ्रान्स १४,४५९ ५६२
६.अमेरीका ३८,१६५ ३९६
७.ब्रिटेन ५,६८३ २८१
८.नेदरल्याण्ड ४,२०४ १७९
९.द.कोरीया ८,८९७ १०४
१०.भारत ३९६ ७
यस बाहेक जापान लगायतका मुलुकमा पनि उल्लेख्य संख्यामा मानिसको मृत्यु भएको छ ।