काेराेना अपडेटः इटालीमा एकै दिन १ सय ३३ जनाको मृत्यु, मर्नेको संख्या ३ सय ६६ पुग्यो

काेराेना अपडेटः इटालीमा एकै दिन १ सय ३३ जनाको मृत्यु, मर्नेको संख्या ३ सय ६६ पुग्यो

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी,२६फागुन । पछिल्लाे अपडेट अनुसार इटलीमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण इटलीमा अहिलेसम्म ३ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितहरुको संख्या पनि एकै दिनमा २५ प्रतिशतले बढेको छ । ७ हजार ३ सय ७५ व्यक्ति कोरोना संक्रमणको मारमा परेका छन् । प्रकोप नियन्त्रणका लागि सरकारले कडा खालको सावधानी अपनाए पनि संक्रमित व्यक्तिहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका १४ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

अनिवार्य क्वारेन्टाइन अप्रिल महिनाको शुरुसम्म रहनेछ । कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गरिएको छ ।

पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ ।इटलीले ७ हजार ३ सय १३ जना संक्रमित देखिएको दक्षिण कोरियालाई उछिनेको हो ।

इटलीमा पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन् ।सल्वाटोरे फरिनाले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताए । नयाँ क्वारेन्टाइनका कडा नियमले इटलीको एक चौथाइ जनसंख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन् ।

यसैबीच बेलायतले आफना नागरिकहरुलाई इटली भ्रमणमा रोक लगाएको छ । कोराना संक्रमणका कारण हालसम्म विश्वभर ३ हजार ६ सय जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ७ हजार पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ