एजेन्सी फागुण २५ । मध्यपूर्वी देश ईरानमा कोरोनाले डरलाग्दो रुप लिदै गएको छ । कोरोनाका कारण ईरानका सांसदकै मृत्यु भएको छ । सांसद फतेमह रहबरको कोरोनाले शनिबार ज्यान लिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण ईरानमा हाल हाल सम्म एक सय ४५ को मृत्यु भईसकेको छ । ईरानले स्कुल, कलेज, कार्यक्रम सबै रोक्दै पैसाको नोट पनि कम प्रयोग गर्न सुझाव दिएको छ । हजारौ कोरोनाको स्रकमणबाट पीडित भएका छन् ।
उता अमेरीकामा पनि कोरोनाले संकट थप्दै लगेको छ । पछिल्लो समय न्यूयोर्कमा पनि कोरोना निकै बढ्न थाले पछि त्याहाँका गभर्नरले संकटकालको घोषणा गरेका छन् ।
न्यूयोर्क शहरमा एकै दिन २३ जनामा कोरोना फैलिए पछि संकटकाल लगाईएको हो । यस अघि विभिन्न शहर तथा राज्यमा संंकटकाल लागिसकेको छ । न्यूयोर्कमा मात्रै ७६ जना संक्रमित भएका छन् । अमेरीकाभरी २ सय बढी संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भईसकेको छ । कोरोनाले विश्वभर करीब ३६ सयको ज्यान लिइसकेको छ भने ९७ देशमा एक लाख बढी प्रभावित भएका छन् ।