साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

  • शनिबार, फाल्गुन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

२४ फागुन । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् ।

पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व भएका जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।

सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिनु भएको थियो । सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले देशका शासन गर्दै आउन भएको पाइन्छ ।

गिरफ्तार गरिएका तीनजना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले जनाएको छ ।

असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तराष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ । विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ र धेरै महत्वपूर्ण वार्षिक हज होला कि नहोला भन्ने पनि प्रश्न उठेको छ ।

गत बिहीवार इस्लाम धर्मावलम्बीहरूको पवित्र शहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ