शान्ति सम्झौता पछि अफ्गानिस्तानमा शक्तिशाली आक्रमण, २७ जनाको मृत्यु

शान्ति सम्झौता पछि अफ्गानिस्तानमा शक्तिशाली आक्रमण, २७ जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी फागुण २३ एजेन्सी । अफ्गानिस्तानमा तालेवान र अमेरीकाबीच भएको शान्ति सम्झौता भएको केही दिन भित्रै राजधानी काबुलमा आज शक्तिशाली आक्रमण भएको छ । जसमा २७ जनाको मृत्यु भएको छ भने २९ जना घाईते भएका छन् ।
काबुलमा आदिवासी नेता हाजारीको स्मृति सभा चलिरहेको बेला बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाएका थिए ।
उक्त आक्रमणमा आफ्नो हात नरहेको तालेवानले जनाएको छ ।
हाजारीलाई तालेवानले १९९५ मा हत्या गरेको थियो ।
यस आक्रमणलाई अफ्गानीतानका राष्ट्रपति असरफ घानीले मानवता विरुद्धको अपराध भनेका छन् ।
शान्ति सम्झौता पछि तालेवानका बन्दीहरुलाई सरकारले रिहा गर्न अस्वीकार गरे लगत्तै तालेवानले हमला गर्दा २७ जना अफ्गानी सैनिकको मृत्यु भएको केही दिनमा यो हमला भएको हो ।
तालेवान लक्षित गरी अमेरीकाले हवाई हमला समेत गरेको थियो ।
यी पछिल्ला आक्रमणका श्रृखलाले अफ्गानिस्तानमा १८ बर्षदेखि चलेको युद्ध रोक्ने प्रयासमा धक्का लाग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ