इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता

इड्लिब मामिलामा रसिया–टर्कीका राष्ट्रपतिबीच वार्ता

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

अङ्कारा, २२ फागुन , सिरियाको उत्तरपश्चिम इड्लिब प्रान्तमा जारी भिषण सैन्य कारबाहीका बारेमा टर्की र रसियाका नेताहरुबीच बिहीबार शिखर सम्मेलन हुने भएको छ ।

सिरियाका राष्ट्रपति रिसेप तायिप एर्डोगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने यो सम्मेलन इड्लिबमा जारी हिंसाका विषयमा निर्णायक हुने अनुमान गरिएको छ ।

सिरियाली हवाई आक्रमणमा इड्लिबमा ५० जनाभन्दा बढी टर्कीका सैनिक मारिएपछि टर्की र सिरिया तथा रसियाबीच तिक्तता अरु बढेको छ । यस भिडन्तका कारण इडलिबबाट ठूलो संख्यामा मानिसहरु ज्यान जोगाउन अन्यत्र पलायन भइरहेका छन् ।

इड्लिबमा उत्पन्न मानबीय संकट टार्न तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा टर्कीका राष्ट्रपतिले ध्यान दिनु भएको छ, तर रसियाका राष्ट्रपति पुटिन भने इड्लिबमा रहेका सिरियाली सरकार विरोधी लडाकूलाई निस्तेज पार्ने उपायको खोजीमा हुनुहुन्छ ।

सिरियाको उत्तरपश्चिम इड्लिबमा सिरियाली सरकार विरोधी लडाकूहरु रहेका र उनीहरुलाई टर्की र अमेरिका समेतका मुलुकले आर्थिक तथा राजनीतिक सहयोग गरिरहेका छन् । तर रसिया समर्थित सिरियाली सरकारले यी लडाकूलाई निस्तेज पार्ने भन्दै हवाई र अन्य सैन्य कारबाही गरिरहेको छ ।

इड्लिबमा जारी तनाबका कारण युरोपेली मुलुकका सीमामा आप्रवासीको ठूलै समूह भेला भइसकेको छ । त्यसर्थ इड्लिब सङ्कटलाई युरोपेली मुलुकहरुले पनि चासोका साथ हेरिरहेका छन् । इड्लिबमा करिब ३० लाख जनसंख्या रहेको र सशस्त्र हिंसा भड्किए त्यहाँ ठूलो मानवीय क्षति हुनेछ ।

एक जना रसियाली विदेश मामिला विज्ञ भ्लादिमिर फ्रोलोभका अनुसार सिरियाली राष्ट्रपति असादको पूरै ध्यान इड्लिबमा केन्द्रित भएको छ । “राष्ट्रपति असाद इड्लिबलाई नियन्त्रणमा लिएर टर्कीसँगको सीमा बन्द गर्न चाहन्छन् । इड्लिबमा रहेका सुन्नी मुसलमानहरु असादका लागि टाउको दुखाईको विषय हो, र असाद उनीहरुलाई टर्कीतर्फ पठाउन चाहन्छन् ।”

हाल इड्लिब मात्र सिरियाको नियन्त्रणमा छैन । त्यहीकारण असादले रसियाको सहयोगमा इड्लिबमाथि सैन्य कारबाही थाल्नु भएको छ । आक्रमणको भयका कारण गत डिसेम्बर १ देखि यतामात्र करिब १० लाख मानिस अन्यत्र पलायन भइसकेका छन् । सिरियाली गृहयुद्ध थालिएपछि यति ठूलो संख्यामा मानिसहरु एकैपटक अन्यत्र पलायन भएको यो पहिलो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ