डोनाल्ड ट्रम्पलाई हराउने भन्दै ४१ करोड डलर खर्च गरेका ब्लुम्बर्ग अन्ततः उम्मेद्धारै हुन नपाउने

डोनाल्ड ट्रम्पलाई हराउने भन्दै ४१ करोड डलर खर्च गरेका ब्लुम्बर्ग अन्ततः उम्मेद्धारै हुन नपाउने

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी फागुण २२ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आउदो निर्वाचनमा हराएरै छाड्ने घोषणा गरेर चुनावी अभियानमा लागेका न्यूयोर्कका पूर्व मेयर माईकल ब्लुमबर्गले तीन महिनामा करीब ४१ करोड डलर खर्च गरेका छन् । निर्वाचन अभियानमा त्यति खर्च गरे पनि अन्ततः उनी उम्मेद्धार भने हुन सकेनन् । कारण पूर्व उपराष्ट्रपति जोई विदेनले अधिकाश राज्यमा जीत हात पारेका छन् ।
त्यसैले अब ट्रम्पलाई पाखा लगाउने अभियानमा आफूले विदेनलाई समर्थन गर्ने पनि ब्लुमबर्गले बताएका छन् ।
अमेरीकी सविधान अनुसार दुई पटक सम्म राष्ट्रपति हुन पाउने भएकाले ट्रम्प यस पटक रिपव्लिकनबाट स्वतः उम्मेद्धार हुने छन् भने डेमोक्रयाटस्बाट प्रतिस्पर्धामा आएका जोई विदेन,बर्नी सेन्डर्स , माईकल ब्लुम्बर्ग मध्य विदेन अग्रपक्तिमा देखिएका छन् ।
यसै बर्षको अन्त्यमा हुने निर्वाचनमा टम्पलाई पाखा लगाउन डेमोक्रयाटहरु कस्सिएर लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ