चीनमा कोरोनाको प्रभाव घट्दै, आर्थिक र सामाजिक विकासलाई कोरोना नियन्त्रणसगैं अघि बढाउने राष्ट्रपति सि को घोषणा

चीनमा कोरोनाको प्रभाव घट्दै, आर्थिक र सामाजिक विकासलाई कोरोना नियन्त्रणसगैं अघि बढाउने राष्ट्रपति सि को घोषणा

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी फागुण २१ । चीनमा डिसेम्बर ३१ बाट फैलिएको कोरोना भाईरसबाट प्रभावितको संख्या घट्न थालेको छ । बुधबार नयाँ बिरामी एक सय ३४ जना देखिए भने त्यसै दिन ३१ जनाको मृत्यु भयो । यस अघि दिनमा ५ सय भन्दा बढी विरामी र सय भन्दा बढीको ज्यान जाने गरेको थियो । चीनमा कोरोनाबाट अहिले सम्म ३ हजार बढीको मृत्यु भएको छ । ८० हजार बढी प्रभावित छन् भने उपचारबाट ५० हजार भन्दा बढी निको भएर घर फर्किएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच बुधबार चीनीया कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बसेको छ । बैठकमा राष्ट्रपति सि जिन पिगंले कोरोनाको नियन्त्रण र रोकथाममा प्रगति भईरहेको भन्दै आर्थिक र सामाजिक विकासलाई पनि सगैँ ध्यान दिएर अगाडी बढ्ने बताएका छन् ।
सि ले कोरोनाको नियन्त्रणमा अझ द्रुत गतिमा लाग्ने र आर्थिक तथा सामाजिक विकासको स्थितिलाई पनि छिट्टै पुनर्जीवन दिने बताएको चीनीया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ