अमेरीकामा तीव्र गतिमा फैलिदै कोरोनाः थप एकको मृत्यु , ७४ संक्रमित

अमेरीकामा तीव्र गतिमा फैलिदै कोरोनाः थप एकको मृत्यु , ७४ संक्रमित

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी फागुण १९। विश्वभर महामारीको रुप लिदै गएको अमेरीकामा कोरोना भाईरसका कारण थप एक जनाको मृत्यु भएको छ । आईतबार न्यूयोर्क सिटी नजिक एक जना ७० बर्षीय नागरिकको कोरोनाका कारण मृत्यु भएको डेली मेलले जनाएको छ । अमेरीकामा पहिलो पटक कोरोनाका कारण शनिबार वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको थियो । साथै कोरोनाका कारण अमेरीका भर ७४ जना संक्रमित रहेको जनाईएको छ ।
अमेरीकाले कोरोना प्रवेश गरे पछि यात्रामा प्रतिवन्त्र लगायतका आपतकालीन व्यवस्था शुरु गरेको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो । कोरोनाका कारण आफ्नो एक नागरिकको मृत्यु भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो अन्य सम्भावित घटनाहरु हुन सक्ने भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वका ६० देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८५ हजार व्यक्ति संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ