कोरोना पुग्यो अमेरीका : एक जनाको मृत्यु , आपतकाल घोषणा

कोरोना पुग्यो अमेरीका : एक जनाको मृत्यु , आपतकाल घोषणा

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी फागुण १८। चीनबाट डिसेम्बर ३१ देखि फेलिएको कोरोना भाईरसले संसारभर ठूलो त्रास फैलाउदै लगेको छ । कोरोनाभाइरस अमेरीकामा पनि भेटिएको छ । अमेरीकामा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ ।

गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । यो घटनापछि वाशिङटनमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

जोखिमयुक्त क्षेत्रको सम्पर्कमा नआएका व्यक्तिको पनि कोरोनाका कारण मृत्यु भएपछि अमेरिकी स्वास्थ्य अधिकारी चिन्तित भएका छन् ।

अमेरिकामा कोराना भाइरस संक्रमित व्यक्तिको संख्या ६२ पुगेको छ । उनीहरुको क्वारेन्टाइनमा राखी उपचार भइरहेको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

कोरोनाका कारण आफ्नो एक नागरिकको मृत्यु भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो अन्य सम्भावित घटनाहरु हुन सक्ने भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८५ हजार व्यक्ति संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ