अमेरिकाले तालिवानीहरुसँग शान्ति सम्झौता गर्दै, शान्तिको अवसरलाई सदुपयोग गर्न ट्रम्पको आग्रह

अमेरिकाले तालिवानीहरुसँग शान्ति सम्झौता गर्दै, शान्तिको अवसरलाई सदुपयोग गर्न ट्रम्पको आग्रह

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी, १७ फागुन । अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन् ।
सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी सैनिक फोर्स फिर्ता लिनसक्ने सम्भावना रहेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
पटक पटकको छलफल पनि तालिवन अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बताइएको छ । तालिवानीसँग आज शनिबार हुने भनिएको हस्तक्षर कार्यक्रममा विदेशसचिव माइक पोम्पेओले सहभागिता जनाउने बताइएको छ । सम्झौताले १८ वर्षदेखि जारी हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ ।
तालिवानीहरुसँग हुेन सम्झौताले अफगानिस्तानको युद्ध अन्त्य गरेर आफ्ना सेनालाई घर फिर्ता हुन बाटो खुल्ने राष्ट्रपति ट्रम्प्ले प्रतिक्रिया दिएका छन् ।
विगतमा वार्ताका लागि अमेरिकाले पटक पटक गरेका प्रयास असफल भएपनि तालिवानीहरुको यो निर्णयले शान्ति स्थापना गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
सम्झौता लगत्तै अफगानिस्तानमा रहेकामध्ये पाँच हजार आफ्ना सेना पहिलो चरणमा फिर्ता लैजाने अमेरिकाको तयारी रहेको छ ।
सम्झौता सहज रुपमा कार्यान्वयन भए त्यसको केही समयपछि बाँकी रहेका १३ हजार सेना पनि क्रमशः फिर्ता लैजाने अमेरिकाले स्पष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ