एजेन्सी फागुण १६ । सिरीयाले रुसको सहयोगमा नियन्त्रणमा लिएको ईदिविल प्रान्तबाट बिद्रोहीको नियन्त्रणमा ल्याउन टर्कीले सहयोग गरे पछि त्यसको जवाफमा सिरीयाले हवाई आक्रमण गर्दा ३३ जना टर्कीस सैन्यको मृत्यु भएको छ ।
यस पछि कडा कदम चाल्ने र आवस्यक सैन्य तयारी टर्कीले गरीरहेको छ । राष्ट्रपति रिसेप तैयेप एर्दोआनको निर्देशनमा हजारौ सेना सिरीयातर्फ अघि बढीरहेको छ ।
यसरी टर्कीले सिरीयाली सैन्य अखडाहरुमा हमला गर्न सक्ने भन्दै सिरीयाको आग्रहमा रुसले दुई वटा खतरनाक युद्धपोत पठाएको छ ।
यस खतरनाक युद्धपोतमा क्षेप्यास्त्रहरु समेत तैनाथ गरिएको छ । जसले सयौ किलोमिटर टाढा सम्मका टार्गेटहरुमा विध्वश मच्चाउन सक्छ । यो युद्धपोत सिरीयाली तट नजिक पुगेको छ । यस अघि पनि रुसले क्यास्पिन सागरबाट करीब २५ सय किलो मिटर टाढाबाट क्षेप्यास्त्र हानेर आईएसआईको अखडा ध्वस्त बनाएको थियो ।
सिरीया र टर्कीको यो भीडन्तमा पछिल्लो एक महिनामा मात्रै टर्कीको ५४ जना सेनाको मृत्यु भएको छ भने केही सिरीयाली सेना पनि मारिएका छन् ।
यस्तो भीडन्तले सिरीयाली आकाश र जमिनमा फेरी अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको भीडन्त हुने प्रवल संभावना बढेको छ । यसले त्यस देशका लाखौ नागरिकहरुले थप क्षति र दुखः व्यहोर्नु पर्ने छ ।
सिरीयामा सन् २०११ देखि चलेको द्धन्दको क्रममा तीन लाख बढी मानिसको मृत्यु भएको छ भने लाखौ बिस्थापित भईसकेका छन् ।