श्रीलकाले विवादीद एमसीसी सम्झौता नगर्ने भयो, नेपालले केही सिक्ला पाठ ?

श्रीलकाले विवादीद एमसीसी सम्झौता नगर्ने भयो, नेपालले केही सिक्ला पाठ ?

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी० सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ । श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा चाहिँ छलफल गर्न सकिने निर्णय गरेको श्रीलंकाली सरकारका प्रवक्ता बन्डुवाल गुणवर्द्धनेले जानकारी दिए ।

प्रस्तावित एमसीसी सम्झौताको पुनरावलोकनका लागि बनाएको ४ सदस्यीय कमिटीले तयार पारेको रिपोर्ट प्रधानमन्त्री महिन्दा राजापाक्षले मन्त्रिपरिषद्‍मा बैठकमा पेस गरेका हुन्।

तत्कालका लागि प्रस्तावित एमसीसी सम्झौतामा हस्ताक्षर नगरे पनि अमेरिकासँग संशोधनका बारेमा भने कुरा गर्न श्रीलंका तयार रहेको गुणवर्द्धनेले बताए। प्रस्तावित एमसीसी सम्झौताका केही प्रावधानहरु श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षालाई खलल पुर्‍याउने खालका भएको भन्दै हस्ताक्षर नगर्ने निर्णयमा पुगेको उनले बताए। यदि अमेरिकाले सम्झौताको नयाँ ड्राफ्ट बनाए त्यस विषयमा श्रीलंकाली सरकारले पुनरावलकोन गर्न सक्ने पनि उनले बताए।
एमसीसी सम्झौतामा के छ, के छैन ?
अमेरिकी सहयोग परियोजनाका रुपमा अगाडि बढाइएको एमसीसीमा श्रीलंकालाई समेट्‍ने निर्णय सन् २०१६ मा भएको थियो। एमसीसी बोर्डले सन् २०१९ को अप्रिलमा श्रीलंकासँग ५ वर्षीय सम्झौता गर्न स्वीकृति दिएको थियो।

प्रस्तवित एमसीसी सम्झौताअनुसार श्रीलंकाको यातायात र भूमि व्यवस्थापनका लागि ४८० मिलियन अमेरिकी डलरको सहयोग दिने बताइएको थियो। सम्झौतामार्फत दिइने पैसा श्रीलंकाले भूमि नीतिलाई नै परिवर्तन गरिने भन्दै श्रीलंकामा यसको व्यापक विरोध भइरहेको थियो। यसको प्रमुख उद्देश्य भूमिको निजीकरण गर्ने र विदेशी कर्पोरेट हाउसहरुलाई लगानीका लागि सहज वातावरण बनाउने भनिए पनि त्यसको विरोध हुँदै आएको थियो।
नेपालमा समेत एमसीसीबारे ठूलो विवाद भईरहेका बेला श्रीलकाको यो निर्णयबाट नेपालले केही सिक्ला त ? नेपालमा एमसीसी अनुमोदनको पक्ष र विपक्षमा विवाद बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ