सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिए

सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिए

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी,१६ फागुन ।

टर्कीको उत्तर पश्चिम इडलिब प्रान्तमा सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिएका छन् । हवाइ हमलामा अन्य कैयौं घाइते भएको बीबीसीले जनाएको छ ।

टर्कीले इडलिब प्रान्तमा सुरक्षाकर्मीको तैनाथी बढाएलगत्तै भएको हमलामा मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन्।रसियाको समर्थनमा रहेको सिरियाली सरकारी सैनिकले विपक्षीहरुका अखडा नियन्त्रण गर्न भन्दै सैन्य कारवाही बढाएको समाचारमा जनाइएको छ ।

आक्रमण भएको स्थानमा बाक्लो बस्ती रहेकाले कयौं सर्वसाधारण विस्थापित भएका छन् । सिरिया र टर्कीको बढ्दो तनावका कारण गत डिसेम्बरदेखि नै बिस्थापित हुनेको संख्या दश लाख भन्दा बढी रहेको बताइएको छ ।

बिस्थापित हुनेहरुमध्ये अधिकांश बालबालिका र महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमण लगत्तै टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् ।

टर्कीले सिरियाली सेनाको हतियार भण्डारण रहेको स्थानमा आक्रमण गरेको बताइएको छ । यता टर्कीले भने सिरियाली सरकारले गरेको आक्रमणको जवाफ दिने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी