दिल्ली ठुलो धार्मिक हिंशातिर धकेलिदै, प्रहरीकै अगाडी मुसलमान बस्ती र मस्जिदमाथि आगो लगाईयो , हाल सम्म पर्नेको संख्या ३२

दिल्ली ठुलो धार्मिक हिंशातिर धकेलिदै, प्रहरीकै अगाडी मुसलमान बस्ती र मस्जिदमाथि आगो लगाईयो , हाल सम्म पर्नेको संख्या ३२

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी फागुुण १५ । पछिल्लो साता नागरिकता कानुन ससोधनको विरुद्धमा चलिरहेको आन्दोलनमा शुरु भएको हिशांले दिल्लीलाई भयावह स्थिति तर्फ लान थालेको छ । सरकारको कठोर आदेशका बाबजुद धार्मिक हिशाको रुपमा अघि बढ्दैछ त्याहाको तनाव । हाल सम्म यस्ता हिशामा परी उत्तरपूर्वी दिल्लीमा ३२ जनाको मृत्यु भएको छ भने २ सय भन्दा धेरै घाईते भएका छन् ।
केही भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार उत्तरपूर्वी दिल्लीको एउटा मुसलमान गाँउमा जय श्रीरामको नारा लगाउदै आगो लगाईएको थियो भने एउटा मस्जिद पनि डढेको देखिएको छ । प्रहरीकै अगाडी मस्जिद जलाईएको आरोप लागे पनि प्रहरीले खण्डन गरेको छ ।
हिशा अझै नियन्त्रणमा आउने संकेत नदेखिए पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्तिको लागि अपील गरेका छन् । दिल्लीका मुख्य मन्त्री केजरीवालले सेना परिचालन गरेर कफ्र्यु लगाउनु पर्ने माग गरेका छन् ।
विपक्षी काग्रेसले दिल्लीको हिशा नियन्त्रणमा सरकार र गृहमन्त्री असफल रहेको भन्दै अमित शाहले राजीनामा दिनु पर्ने माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी