अमेरीकी सेनामा पनि फैलियो कोरोना

अमेरीकी सेनामा पनि फैलियो कोरोना

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

सोल  / दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोनाभाइरस९कोभिड–१९० को संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेज कोरिया९यूएसएफके० मा कार्यरत अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको यूएसएफकेको जनसम्पर्क विभागले जानकारी दिएको छ ।
दुई कोरियालाई छुट्याउने योन्चियोन क्षेत्रमा स‌ंयुक्त अभ्यासका क्रममा अमेरिकी सेना र दक्षिण कोरियाली सेना फाइल फोटो स् रोयटर्स
दक्षिण कोरियाको क्याम्प क्यारोलमा रहेका २३ वर्षीय सैनिकलाई कोरोना संक्रमण देखिएको हो। यूएसएफके र कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र९केसीडीसी० का स्वास्थ्यकर्मीहरुले उनको स्वास्थ्य क्याम्पमा रहेका अन्य सैनिकमा संक्रमण भएको नभएको जाँच गरिरहेका छन्। कोरियाली प्रायद्वीपमा रहेका अमेरिकी सेनामा संक्रमण नहोस् भनेर पूर्ण रुपमा सावधानी अपनाइएको यूएसएफकेले जनाएको छ।

अमेरिकी सेनाको बेस क्याम्प ‘क्याम्प क्यारोल’ दक्षिण कोरियाली सहर डेइगुबाट २२ किलोमिटर मात्रै टाढा रहेको छ। जहाँ कोरोना भाइरसको प्रकोप फैलिइरहेको छ। ती सैनिक डेइगुबाट ४ किलोमिटर टाढा रहेको क्याम्प वाकर पनि पुगेको यूएसएफकेले जानकारी दिएको छ।

पछिल्लो समय चीनमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम भए पनि दक्षिण कोरिया, इटाली र इरानमा भने बढी देखिएको छ। दक्षिण कोरियामा मंगलबार थप १६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार बिहानसम्म दक्षिण कोरियामा एक हजार एक सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार बिहानसम्म दक्षिण कोरियामा १२ जनाको मृत्यु भएको छ।

त्यस्तै इरानमा बुधबार बिहानसम्म १६ जनाको मृत्यु भएको छ। त्यस्तै ९५ जनाको कोरोना संक्रमण देखिएको छ। इटालीमा ११ जनाको मृत्यु भएको र ३२३ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ