अमेरिकी राष्ट्रपति ट्रम्पको सम्मानमा दिइएको रात्रीभोजमा सोनिया गान्धीलाई नबाेलाएपछि…

अमेरिकी राष्ट्रपति ट्रम्पको सम्मानमा दिइएको रात्रीभोजमा सोनिया गान्धीलाई नबाेलाएपछि…

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानियाको सम्मानमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रीभोज दिएका छन् ।

राष्ट्रपति ट्रम्प स्वदेश प्रस्थान गर्नुअघिकाे रात्रीभोजमा ट्रम्पकी छोरी इवाङ्का, ज्वाई जारेड कुश्नर लगायत उपस्थित रहेका थिए । रात्रीभोजमा भारतीय राष्ट्रपति र उनकी पत्नी सविता कोविन्द पनि सहभागी रहेका थिए । रात्रीभोजमा पाहुनाहरुलाई निम्बु घाँसको सुप र अलैंची ब्रोथ प्रदान गरिएको थियो । पाहुनाहरुका लागि भारतीय मसलादार खाना र मौसमी तरकारी उपलव्ध थियो ।

रात्रीभोजमा भारतीय राष्ट्रपति दम्पतीसहित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति वैंकया नायडु, लोकसभा सभामुख ओम बिडला लगायत सहभागी थिए । कर्नाटकका मुख्यमन्त्री बिएस येदियुरप्पा, तेलंगनाका मुख्यमन्त्री चन्द्रशेखर राव, असमके मुख्यमन्त्री सर्बानन्द सोनोवाल, हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर लगायत पनि रात्रीभोजमा उपस्थित रहेका थिए । पहिलोपटक दुई देशका राष्ट्रपतिबीच भएको वार्तालापको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसअघि राष्ट्रपति ट्रम्पलाई औपचारिक रुपमा स्वागत गरिएको थियो भने भारतीय सेनाले गार्ड अफ दिएको थियो । रात्रीभोजमा काँग्रेसका नेताहरु भने उपस्थित थिएनन् । पूर्वप्रधानमन्त्री मनमोहनसिंह लगायतका प्रभावशाली नेताहरु पनि रात्रीभोजमा सहभागी भएनन् । रात्रीभोजमा काँग्रेस अध्यक्ष सोनिया गान्धीलाई आमन्त्रित नगरेकोमा काँग्रेसले असन्तुष्टि व्यक्त गरेको थियो । उनले पनि सोही आधारमा निम्ता अस्वीकार गरेकी थिइन् । अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार राती स्वदेश फर्किएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ