दिल्ली प्रदर्शनको क्रममा १३ को मृत्यु , आन्दोलनकारीलाई देख्ने वित्तिकै गोली हान्न प्रहरीलाई आदेश

दिल्ली प्रदर्शनको क्रममा १३ को मृत्यु , आन्दोलनकारीलाई देख्ने वित्तिकै गोली हान्न प्रहरीलाई आदेश

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

फागुण १४ एजेन्सी । भारतले निकै तामझामका साथ अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हैदराबादमा स्वागत गरेकै दिन सोमबार दिल्लीको उत्तर पूर्वी क्षेत्रमा तनावग्रस्त स्थिति बनेको थियो । सो दिन मात्रै राति सम्म चलेको हिंशामा ७ जना बढीको ज्यान गयो । जसमा एक जना प्रहरी पनि थिए ।
त्यस पछि ट्रम्प दिल्लीमै रहेका बेला हिजो पनि स्कुल, रेल,बाटो धेरै ठाँउमा अवरुद्ध भए कारण मोदी सरकारले ल्याएको नागरिकता कानुन ससोधन फिर्ता गर्नु पर्ने माग सहित । हिजो पनि सयौ ठाँउमा आगजानी तोडफोड मानिसको ज्यानै गएको छ । दिल्लीमा मात्रै पछिल्लो दुई दिन चलेको हिशामा मारिनेको संख्या १३ पुगेको छ ।
यसैबीच सरकारले प्रदर्शनकारीलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिए पछि चारैतिर ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । ठाँउ ठाँउमा सरकार विरुद्ध धर्ना बसेका महिलाहरुलाई प्रहरीले हटाएको छ भने बिशेष हिंशाग्रस्त क्षेत्रमा कफ्र्यु समेत लगाएको छ ।
भारतमा बंगलादेश, अफ्गानिस्तान र पाकिस्तानबाट भारत आउने गैर मुस्लिम लाई नागरिकता दिने गरी कानुन ल्याए पछि मुसलमान र आदिवासीमाथि भेदभाव भएको भन्दै महिनौदेखि भारतमा आन्दोलन चलेको छ । यस क्रममा दर्जनौ मान्छेले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ