फागुण १३ एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान हैदरावाद अन्तराष्ट्रिय विमानस्थलमा पुगे र भारतको दुई दिने औपचारीक भ्रमणमा आएका अमेरीकी राष्ट्रपति ट्रम्सगँ अकमाल गरे । दर्जन बढी पटक हात मिलाउने र अंकमाल गर्ने काम गरे दिनभरीमा मोदीले ट्रम्पसगँ । त्यस पछि मोटेरा रंगशालामा नमस्ते ट्रम्प कार्यक्रममा सबोधन गर्दा आतंकवाद विरुद्ध लडिरहेको भने ।
उनीहरु जोड तोडले भाषण गर्दा यता दिल्लीका थुप्रै ठाँउ जलिरहेको थियो मोदी सरकारको विरुद्धमा । सरकारले नागरिकता कानुन ससोधन गर्दा मुसलमान र आदिवासीमाथि भेदभाव गरेको र यो खारेज गर्नु पर्ने उनीहरुको माग दियो । असामबाट शुरु भएको प्रदर्शन भारतभर हुदैं दिल्लीमा अझै रोकिएको छैन । दिल्लीको शाहीनबागमा लामो समय देखि प्रदर्शन चर्किरहेको छ ।
हिजो दिनभरी निरन्तर ७ घण्टा झडप हुदा प्रहरीले चलाएको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भयो भने प्रदर्शनकारीको आक्रमणमा एक प्रहरी पनि मारिएका छन् ।
सडक पूर्ण रुपले बन्द गरेका छन्, गाडी, पसल तोडफोड , आगजानी, ढुंगा ईट्टा कति बर्सेका छन् सडकमा यसको कुनै सीमानै देखिदैन । हेरौ दिल्लीका सडकहरुमा भईरहेका प्रदर्शन र आगजानीका केही तस्वीरहरु , जसबारे दिल्लीमा रहेका ट्रम्पले के सोचिरहेका होलान् ?


![]()



