कोरोना त्रासः कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित,मृतकको संख्या २६ सय पुग्याे, संक्रमण रोक्न प्रभावकारी कदम चाल्नुपर्छ- डब्लुएचओ

कोरोना त्रासः कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित,मृतकको संख्या २६ सय पुग्याे, संक्रमण रोक्न प्रभावकारी कदम चाल्नुपर्छ- डब्लुएचओ

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी, १३ फागुन ।  कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जाेड दिएकाे छ ।भाइरसको प्रकोप महामारीको रुपमा फैलिएका देशहरुले प्रभावकारी नियन्त्रणका उपायहरु अवलम्बन गर्नुपर्ने डब्लुएचओले जनाएको हाे ।

चीनको हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या दुई हजार ६ सय पुगिसकेको छ । त्यसैगरी चीनमा मात्र कोरोनाबाट ७७ हजार भन्दा बढी प्रभावित भएका छन् ।

पछिल्लो समय दक्षिण कोरिया, इटाली, इरानलगायतका देशमा पनि तीव्र रुपमा फैलिन थालेको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । इटालीमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

चीन बाहेक अन्य देशमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ भने एक हजार दुई सय भन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसैबीच चीनले कोरोना भाइरसका संक्रमण नियन्त्रणका प्रयास जारी राख्न अर्को महिना बस्ने भनिएको कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित गरेको छ ।

कोरोनाका कारण विश्वव्यापी सेयर बजारमा पनि गिरावट आएको छ । त्यसैगरी कोरोनाको संक्रमणको डरले लगानीकर्ताहरुले सुरक्षित स्थान खोज्न थालेपछि विश्व बजारमा सुनको मुल्य आकासिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ