हिंशात्मक प्रदर्शन चलेको दिल्लीमा आज ट्रम्प र मोदीबीच द्धिपक्षीय वार्ता र सम्झौता हुने

हिंशात्मक प्रदर्शन चलेको दिल्लीमा आज ट्रम्प र मोदीबीच द्धिपक्षीय वार्ता र सम्झौता हुने

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी फागुण १३ । दुई दिने भारत भ्रमणमा रहेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीबीच आज द्धिपक्षीय भेटवार्ता हुदैछ । आजको भेटमा दुवै देशबीच महत्वपूर्ण सम्झौता हुने अनुमान गरिएको छ । यद्यपि, व्यापारीक सम्झौता भने हुने छैन । खास गरी भारतले हजारौ करोडका सैन्य उपकरण खरीदमा अमेरीकासगँ सम्झौता हुने अनुमान गरिएको छ ।
आज मोदीले भारतीय राष्ट्रपति कोविन्दसगँ पनि भेटवार्ता गर्ने र दिनभर अन्य कार्यक्रम सकेर स्थानीय समय अनुसार राति १० बजे जर्मन हुदै अमेरीका फिर्ता हुने तालिका रहेको अधिकारीहरुले जनाएका छन् । ट्रम्प हिजो गुजरात हुदै दिल्ली आएका थिए । हैदरावादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा उनीहरुले संवोधन गरेका थिए ।
यसैबीच, हैदराबादमा दुवै नेताले शान्तिपूर्ण रुपले भारतले विकास गरेको भनिरहदाँ दिल्लीमा मोदी सरकारले ल्याएको नागरिकता कानुन शंसोधनको विरोधमा हिंशात्मक प्रदर्शन भएको छ । जसमा एक प्रहरी र तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । दिल्लीका ठाँउ ठाँउमा आगजानी, तोडफोड र झडपहरु भएका थिए ।
नागरिकता सम्बन्धि नयाँ व्यवस्थामा बंगलादेश, अफ्गानिस्तान र पाकिस्तानबाट आउने गैर मुस्लिमलाई मात्र नागरिकता दिने भनिए पछि मुसलमान , आदिवासी लगायतका समुदाय निरन्तर विरोधमा छन् । आशाम सहित देशभर यस अघि भएको हिशात्मक प्रदर्शनमा दर्जनौ प्रदर्शनकारी मारिएका थिए । भारतीय सरकारले भने ट्रम्पको अगाडी खराब देखाउन केही तत्वले षड्यन्त्र गरेको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ