दिल्लीमा मोदी सरकार विरुद्ध हिंशात्मक प्रदर्शन, दुई प्रदर्शनकारी र एक प्रहरीको मृत्यु

दिल्लीमा मोदी सरकार विरुद्ध हिंशात्मक प्रदर्शन, दुई प्रदर्शनकारी र एक प्रहरीको मृत्यु

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी फागुण १२ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएर गुजरात हुदै दिल्लीमा रहेकै साँझ त्याहाँ हिशां भड्किएको छ । मोदी सरकारले ल्याएको नागरिकता कानुन ससोधनको विरुद्धमा लामो समयदेखि जारी आन्दोलनले आज उग्र रुप लिएर झडप हुदाँ दुई सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ । अन्य दुई दर्जन बढी घाईते प्रदर्शनकारी र प्रहरीलाई अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले चलाएको गोली लागेर शाहीद अल्वी नामका एक युवाको मृत्यु भयो । खुट्टामा गोली लागे पनि अधिक रक्तस्रापका कारण उनको मृत्यु भयो । त्यसै गरी प्रहरीले अन्धाधुन्द गोली चलाउदा एउटा अटो चालकको मृत्यु भएको छ । उनको पेटमा गोली लागको थियो ।

त्यसै गरी रतनलाल नामक प्रहरी कन्सटेवलको पनि मृत्यु भएको छ । विहानै देखि त्याहाँ उग्र प्रदर्शन हुदै आएको थियो । शाहिन बाग, उत्तरपुर्वी क्षेत्र लगायतका ठाँउमा निरन्तर प्रदर्शन जारी छ ।
यसैबीच भारतको सरकारले ट्रम्पको भ्रमणकै बेला हिंशा चर्काएर भारतको छवि खराब गर्ने षड्यन्त्र भएको भन्दै केही व्यक्ति यसमा सामेल भएको जिकिर गरेको छ । दिल्लीको ठाँउ ठाँउमा हिशात्मक प्रदर्शन हुदा ट्रम्प परिवार दिल्लीमै बसेको छ ।

उत्तर पूर्वी दिल्ली में हिंसा

दिल्ली के जाफ़राबाद में हुई हिंसा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ