भारत भ्रमणमा ट्रम्पः भारतीय सामाजिक सञ्जालमा गो ब्याक ट्रम्प टे्रन्डिङ 

भारत भ्रमणमा ट्रम्पः भारतीय सामाजिक सञ्जालमा गो ब्याक ट्रम्प टे्रन्डिङ 

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी फागुण १२ । बिशेष बिमानबाट पत्नी मेलियाना र छोरी ईवांकाको साथमा भारतीय समय अनुसार गुजरातको अहमदावादमा बिहान ११ बजेर ४० मिनेटमा ओर्लिए पछि प्रधानमन्त्री मोदीले भव्य स्वागत गरे ।
त्यस पछि रोड सोमा गाडीमा सगैं हिडे २२ किलो मिटर र मोटेरा रंगशालामा करीब एक लाख मानिसका बीच ट्रम्प र मोदीले भाषण गरे । ताली बज्यो ।
तर सामाजिक सञ्जालमा भने गो ब्याक ट्रम्पले ट्रेन्डिङको रुप लिएको छ । भारतमा बिहानदेखि ट्वीटरमा दशौं हजार युजरले गो ब्याक ट्रम्प भनिरहेका छन् । यो यति रिट्वीट भएको छ कि नमस्ते ट्रम्प ६५.९ हजार रिट्वीट हुदाँ गो ब्याक ट्रम्प ह्यासट्याग सहित ८०.४ हजारले ट्वीट गरेका छन् । त्यस्तै ट्रम्प ईन ईन्डिया ५० हजार बढी र ईन्डिया वेलकम्स ट्रम्पलाई ३० हजारले ट्वीट गरेका छन् ।
ट्वीटर मार्फत केही अमेरीकीले ट्रम्पलाई भारतमै श्रीमति मेलियाना र छोरी ईवाकालाई लिएर बस्न र अमेरीका नफर्कन चेतावनी दिएका छन् ।

Twitter पर छबि देखें
मोदीको विकासप्रति असन्तुष्टी प्रकट गर्दै युजर्सले ट्रम्प आफ्नो राजनीति चम्काउन भारत आएको जिकिर गरेका छन् । साथै आतंकवादको विरुद्ध लडिरहेको भन्ने मोदी र ट्रम्पको भाषणको विरोधमा पनि र्याडीकल ईस्लामिक नाममा २१ हजार ट्वीट भएको छ ।

Twitter पर छबि देखें
साहिम खान रहिन्या नामक एक युजरले ट्रम्पलाई अमेरीकी जनताले पनि गंभीरताका साथ नलिने भन्दै त्यस्तो व्यक्तिलाई खुसी पार्न मोदीले ५ हजार करोड रुपैया पानीमा बगाएको र त्यो पैसा जनताको भएको बताएका छन् ।

कतिपय युजरले देश लुुट्नेहरु जहिले पनि गुजरातको बाटो आउने गरेको भन्दै आलोचना गरेका छन् भने ३ हजारको स्टाच्यु किन बनाएको जब कि देखाउनका लागि ताज महल नै छ भन्दै आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ