कोरोना अपडेटः विश्व स्वास्थ्य संगठनको टोली चीन पुग्यो, भाईरसले ईटलीमा एक जनाको मृत्यु , दक्षिण कोरीया उच्च जोखिममा

कोरोना अपडेटः विश्व स्वास्थ्य संगठनको टोली चीन पुग्यो, भाईरसले ईटलीमा एक जनाको मृत्यु , दक्षिण कोरीया उच्च जोखिममा

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी फागुण १० । डिसेम्बर ३१ बाट चीनमा फैलिएको कोरोनाले संक्रमण गर्न अझै छाडेको छैन । हुवेईमा संक्रमितको संख्या केही घटे पनि अन्य देशमा फैलिन थाले पछि चिन्ता बढेको छ । कोरोनाको बारेमा थप अध्ययन गर्न आज विश्व श्वास्थ्य संगठनको टोली हुवेई प्रान्तको उहानमा जादै छ । सो टोलीले कोरोनाका ेमुहान भनिएको वुहानमा आज निरीक्षण गर्ने छ । कोरोनाका कारण ीनमा अहिले सम्म २३४५ जनाको मृत्यु भईसकेको छ ।
कोरोना संक्रमण चीनको जेलमा पनि पुगे पछि चिन्ता बढेको छ । हुवेईको एक जेलमा संक्रमित फेला परेको छ ।
यसैबीच कोरोनाका कारण ईटलीमा एक जना ७८ बर्षीय नागरिकको मृत्यु भएको छ । कोरोना पुष्टी भए पछि ईटालीले सार्वजनिक कार्यक्रम र संस्थानहरु बन्द गरेको छ र यस अघि ईरान, फ्रान्स,फिलिपिन्स,जापानी पानी जहाजमा कोरोना प्रभावितको ज्यान गईसकेको छ ।
उता दक्षिण कोरीयामा कोरोनाको ठूलो त्रास पैदा भए पछि २५ लाख नागरिकलाई घरमै बस्न र मास्क लगाउन सरकारले अपील गरेको छ । कोरीयामा रहेको अमेरीकी सेना समेत कोरोनाको त्रासमा बसेको समाचारहरुमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ