ब्याग्लोरमा मञ्चबाटै पाकिस्तान जिन्दावादको नारा लगाएकी भारतीय नागरिक अमुल्यालाई जेल हालियो

ब्याग्लोरमा मञ्चबाटै पाकिस्तान जिन्दावादको नारा लगाएकी भारतीय नागरिक अमुल्यालाई जेल हालियो

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी ९ फागुण । भारतमा नागरिकता विधेयकको विरुद्ध ब्यापक मात्रामा असन्तुष्टी र विरोध बढीरहेका बेला बुधबार ब्याग्लोरमा आयोजित एक कार्यक्रममा नागरिकता कानुनको विरोध गर्दै पाकिस्तान जिन्दावाद भनेर मञ्चबाटै नारा लगाए पछि एक महिलालाई भारत सरकारले जेल हालेको छ ।
अमुल्ल्या लियोना नामकी ती महिलाले ब्याग्लौरमा नागरिकता शसोधन कानुन ( सिएए ) को विरुद्ध आयोजित र्याली पछि मञ्चमै पाकिस्तान जिन्दावाद भने पछि लगत्तै उनलाई पक्रेर अदालतमा पेश गरिएको थियो । अदालतले उनलाई राजद्रोहको मुद्धामा १४ दिन हिरासतमा राख्न आदेश दिएको छ ।
अल ईन्डिया मजलिस ए ईत्तेहादुल मुस्लिमीन नामक संगठनका अध्यक्ष तथा हैदरावादका सासद असद्धुद्धिन औवेशीले सो र्यालीको आयोजना गरेका थिए ।
सिएएको बिरोधमा राजधानी दिल्ली, आसाम सहित देशभर प्रदर्शनहरु हुने क्रममा यस अघि दर्जनौ मानिसको ज्यान गईसके पनि भारतले उक्त कानुन लागू गरेरै छाड्ने भनिरहेको छ ।
बंगलादेश, पाकिस्तान, अफ्गानिस्तानबाट धार्मिक हिंशा पीडित वा मुस्लिम बाहेकका नागरिकलाई भारतमा नागरिकता दिने भन्ने कानुन ल्याए पछि मुसलमान सहित भारतको आसासमा जनताले कडा विरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ