जर्मनीको हनाउ शहरको दुई स्थानमा अज्ञात समुहले जथाभावी गोली हान्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अरु कैयौ घाईते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
गोली कसले र किन चलायो भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार राति १० बजे गोली चलेको हो ।
शिशा बारमा गोली चले पछि लगत्तै सोही शहरको केसेल्दातमा पनि गोली चलेको जनाईएको छ । अहिले ती ईलाकाहरुमा हेलिकप्टरबाट समेत सुरक्षा दिएर आक्रमणकारी पत्ता लगाउने काम भईरहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline