कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पुग्यो

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पुग्यो

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, ७ फागुन ।
चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पुगेको छ ।

हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचारमा जनाइएको छ ।

चीनसँग अन्य २६ देशमा पनि फैलिएको कोरोनाको संक्रमण रोक्न विभिन्न देशले चीनबाट फर्किएका नागरिकमाथि कडा निगरानी राख्नुका साथै कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।

ती देशहरुले चीनसँगको व्यापारीक तथा अन्य सम्बन्धलाई तत्कालका लागि बन्द गराएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाको संक्रमण नियन्त्रणमा रहेपनि खतराबाहिर भने नरहेको बताएका छन् ।

उनले कोरोनाको संक्रमण थप फैलन नदिन गरिएका सावधानीका उपाय पर्याप्त नभएपनि सन्तोषजनक नै रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ