दोस्रो पटक अफगानिस्तानका राष्ट्रपति बने अशरफ घानी

दोस्रो पटक अफगानिस्तानका राष्ट्रपति बने अशरफ घानी

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

एजेन्सी, ७ फागुन। आतङ्कवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा अफगानिस्तानमा राष्ट्रपतिका लागिभएको चुनावको नतिजा सार्वजनिक भएको छ ।अफगानिस्तानमा गएको वर्षको २८ सेप्टेम्बरमा मतदान भएको थियो ।

झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् ।

अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ सङ्कटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो ।

सन् २००१ मा अमेरिकी बलले तालिबानलाई सत्ताबाट हटाएको थियो । त्यसपछिको यो चौथो पटकको चुनाव थियो । मतदानमा निकै धाँधली भएको आरोप लागेको थियो । मतदानको क्रममा बायोमेट्रिक डिभाइसमा प्राविधिक समस्या पनि आएको थियो । यसका साथै अनेक प्रकारका अनियमितता गरेको आरोप पनि लागेको थियो ।

मङ्गलबार अफगानिस्तानको इन्डिपेन्डेन्ट इलेक्शन कमिसन ९आईईसी० का अनुसार अशरफ घानीलाई ५० दशमलव ६४ प्रतिशत मत प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले ३९ दशमलव ५२ प्रतिशत मत प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ