एजेन्सी दिल्ली ५ फागुण । कास्मीरमा धारा ३७० को खारेज गरेर भारतमा गाभे पछि त्यसको विरोध गर्दे आएकी बेलायतकी लेवर पार्टीकी संसद डेबी अब्राहम्सलाई भारतीय प्रहरीले विमानस्थलमा अवतरण गर्ने वित्तिकै दुरव्यवहार गरेको छ ।
उनले आफूलाई प्रहरीले पासपोर्ट खोसेर भिसा रद्ध भएको छ भन्दै अपराधीलाई जस्तो दुरव्यवहार गरेको समेत बताएकी छन् । उनले प्रहरीले आफ्नो भिसा किन रद्ध भएको हो भनेर जवाफ समेत नदिएको र डिपोर्ट हलमा राखेको प्रतिकृया दिईन् ।
निजी भ्रमणको लागि ईमिरेट्स विमानबाट आए पछि उनीमाथि दुरव्यवहार भएको उनको भनाई छ । उनले कास्मीर विलय गर्ने भारतीय कदमको चर्को आलोचना गर्दै आएकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline