अबदेखि भारतीयले भुटान छिर्न १२ सय भारु तिर्नपर्ने

अबदेखि भारतीयले भुटान छिर्न १२ सय भारु तिर्नपर्ने

  • शनिबार, माघ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी, २५ माघ ।
विना भिसा, विना पासपोर्ट भारतीयहरु छिर्न सक्ने मुलुक हो नेपाल र भुटान ।
भुटानको विदेशी पर्यटक मध्य धेरै जाने भारतबाटै हुन् । त्यही सानो देश भुटानले भारतीय नागरिकलाई आफ्नो देश प्रवेश गर्दा मंहगो शुल्क लिने कानुन पारित गरेको छ ।
संसदले पारीत गरेको कानुन अनुसार जुलाई २०२० देखि भारतीयले भुटान छिरेको दैनिक १२ सय भारु तिर्नु पर्ने छ । यो शुल्क सस्टेनेवल डेभलपमेन्टका लागि लिन लागिएको भुटानी अधिकारीहरुले जनाएका छन् ।
भुटानमा भारतबाट बर्षेनी २ लाख हाराहारी पर्यटक जाने गरेका छन् । देशमा पर्यटकको संख्या धेरै बढेर बोझ भएकाले नियन्त्रणका लागि यस्तो शुल्कको व्यवस्था गर्नु परेको भुटानको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ