एजेन्सी माघ २४ ।
चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको मृत्यु भएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण मृत्यु भएको बताइएको छ ।
उनले सहकर्मीहरुलाई यसअघि नै भाइरसको प्रकोपको बारेमा बताउँदा अफवाह फैलाएको भन्दै प्रशासनले चेतावनीसमेत दिएको बताइएको छ । नेत्र रोग विशेषज्ञ लीले यसअघि २००३ मा फैलिएको सार्सजस्तै कोरोना भाइरसबाट महामारी फैलनसक्ने बताएका थिए ।
यता चीनको सरकारी निकायले भाइरसका कारण ५६५ जनाको मृत्यु भएको जनाएको छ । भाइरसबाट २८ हजारभन्दा बढी प्रभावित भएको बीबीसीेले उल्लेख गरेको छ । यसैबीच चीनले प्रकोप नियन्त्रणका लागि अझै प्रतिबन्धात्मक उपायहरु अपनाइरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline