बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

  • सोमवार, माघ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बुर्किना फासो, २० माघ । अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ ।

कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले त्यस क्षेत्रमा सैनिक कारबाही शुरु गरेको जानकारी दिनुभयो ।

मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो ।

सुरक्षा स्रोतले एएफपीलाई बताए अनुसार जिहादी समूहले केही दिनअघि मात्र स्थानीयबासीलाई घरगाउँ छाडेर भाग्न चेतावनी दिएका थिए । सुरक्षा फौजले उक्त क्षेत्रलाई सुरक्षित राख्न दिनरात कार्य गरेको बताए पनि ठूलो क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन कठिन भएको जनाएको छ ।

बुर्किना फासोको उत्तर पश्चिममा माली रहेको छ भने पूर्वमा नाइजर रहेको छ । यी दुबै मुलुक मुस्लिम जिहादी लडाकूका कारण संकटमा रहेका छन् ।

कमजोर हातहतियार र तालिम अभावमा बुर्किना फासोको सुरक्षा फौजले लडाकूहरुबाट हुने गरेका घातक आक्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन । फ्रान्सेली समेतका केही मुलुकबाट सैनिक सहयोग प्राप्त गरे पनि सरकारी सेनाको जिहादीसँग लड्ने क्षमताको अभाव रहेको छ ।

संयुक्तराष्ट्र संघका अनुसार माली, नाइजर र बुर्किना फासोमा सन् २०१९ मा मात्र जिहादी समूहले गरेको आक्रमणमा चार हजारको ज्यान गइसकेको छ । करिब ६ लाख नागरिक बिस्थापित भएका छन् ।
––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ