चीनले १० दिनमै बनाएको अस्पतालमा कोरोना भाइरसको संक्रमण भएकाको उपचार

चीनले १० दिनमै बनाएको अस्पतालमा कोरोना भाइरसको संक्रमण भएकाको उपचार

  • सोमवार, माघ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

२० माघ, काठमाडौं । चीनले १० दिनमा तयार गरेको अस्पतालमा कोरोना भाइरसको संक्रमण भएका बिरामिहरुको उपचार गरिदैँछ ।

आजबाट औपचारीक रुपमा सञ्चालनमा आउने वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पतालमा संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ पुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्ने चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ । तर, बीबीसी समाचारमा भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख छ ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।


चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको मृत्यु भएको थियो । ४४ वर्षीय चिनियाँको उपचारका क्रममा फिलिपिन्सको राजधानी मनिलामा मृत्यु भएको हो । वुहानका ती चिनियाँ फिलिपिन्स आउनुअघि नै संक्रमित रहेको बताइएको छ ।

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिका, अस्ट्रेलिया इटलीसहित विभिन्न देशले चीन हुँदै आउने पर्यटकका लागि आफ्नो देशको ढोका बन्द गराएपछि विश्व नै यतिबेला कोरानाबाट त्रस्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ