कोरोनाको कारण चीनमा मर्नेको संख्या ३०४ पुग्यो, फिलिपिन्समा पनि एक जनाको ज्यान गयो

कोरोनाको कारण चीनमा मर्नेको संख्या ३०४ पुग्यो, फिलिपिन्समा पनि एक जनाको ज्यान गयो

  • आइतवार, माघ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो। ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए।

फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ। भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ।

गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले संसारका विभिन्न देशमा फैलिएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा महामारी फैलिने सक्ने ठानेर विश्व स्वास्थ्य संगठनले गत बिहीबार विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

यता चीनमा उक्त भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसले ३ सय ४ जना चिनियाँको ज्यान लिएको छ। १४ हजार हजारभन्दा बढी चिनियाँमा यसको संक्रमण देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ