बेलायत युरोपेली युनियनबाट अलग्गियो , अब के हुन्छ ?

बेलायत युरोपेली युनियनबाट अलग्गियो , अब के हुन्छ ?

  • शनिबार, माघ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (इयू) बाट अलग्गिएको छ । योसँगै इयू र ब्रिटेनबीचको करिब दशकौं लामो सम्बन्ध समाप्त भएको छ । ब्रिटेनले जनमत संग्रहबाट तीन बर्ष अघि अलग्गिने पक्षमा मतदान गरेका थिए ।
सन् २०१६ को जुन २३ तारिखमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए ।
त्यसपछि ब्रिटेन इयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो। तर त्यस क्रममा ब्रिटेनले विभिन्न खाले व्यवधानको सामना गर्नुर्पयो।
यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री समेत हेरफेर भयो ।
जनमतसङ्ग्रह लगत्तै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडेका थिए । त्यसपछि प्रधानमन्त्री बनेकी थेरेसा मेको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु थियो । उनी पनि असफल भए पछि बोरीस जोनसेनको पालामा ब्रेक्जिट पूरा भयो ।
प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सन्देश जारी गर्दै युरोपेली सङ्घसँगको ४७ वर्षे लामो सदस्यताबाट यूके ग्रिनिज मिन टाईम अनुसार राति ११ बजेबाट अलग भएको घोषणा गरेका थिए ।
भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले “धेरै मानिसहरूका लागि यो आशाको त्यो घडी हो जुन उनीहरूलाई कहिल्यै नआउने हो कि जस्तो लागेको थियो“ भनेका थिए । “आजको रात भन्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो शुरूवात हो,“ डाउनिङ स्ट्रिटमा खिचिएको भिडिओ सन्देशमा उनले भने।
ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्याली निकालेका छन् ।
अब के हुन्छ ?
बेलायतले नयाँ सक्रमणकाल शुरु गर्ने भएका कारण तत्कालै आधारभूत परिवर्तन भने देखा नपर्ने बेलायती नेताहरुको भनाई छ ।
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने अधिकारीहरुको दावी छ । २०२० को डिसेम्बर सम्म विना भिसा नै यूरोपभर मानिसहरुको आवतजावत हुन सक्ने छ ।
यस अवधिमा स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य जोनसोनको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ