अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा दुई सैनिकको मृत्यु

अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा दुई सैनिकको मृत्यु

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ ।

रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको गज्नी प्रान्तमा बम्बार्डियर इ–११ ए कलसाइन भएको सैनिक बिमान दुर्घटनाग्रस्त भएको उल्लेख छ । तालिबान लडाकू सक्रिय रहेको उक्त प्रान्तका तालिबान समूहहरुले आफूहरुले बिमान खसालेको दाबी गर्दै आएका थिए ।

तर अमेरिकी सेनाले उक्त सैन्य बिमान प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेको हो वा तालिबानी आक्रमणको निशानामा परेको हो भन्ने केही खुलाएको छैन । अमेरिकी रक्षा मन्त्रालयले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

अफगानिस्तानमा अझै पनि करिब १२ हजार अमेरिकी फौज तैनाथ छन् । अमेरिकी सेनाले हाल अफगान सैनिकलाई तालिम, परामर्श र हवाई सेवा उपलब्ध गराइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ