१७ देशमा भेटियो कोरोनाको संक्रमण, १०६ जनाको मृत्यु

१७ देशमा भेटियो कोरोनाको संक्रमण, १०६ जनाको मृत्यु

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

माघ १४, काठमाडौं

चीनमा फैलिएको नोवल कोरोना भाइरसको प्रकोप १७ राष्ट्रमा फैलिएको छ ।

पछिल्लो पटक क्यानडामा पनि यो भाइरसबाट संक्रमित भेटिएको बीबीसीले जनाएको छ । हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु भएकाको संख्या १ सय ६ पुगिसकेको छ ।

४ हजार भन्दा बढीमा यो भाइरसको संक्रमण पुष्टी भएको छ । चीन बाहेक अन्य मुलुकमा पनि यो भाइरसको संक्रमण भेटिएपनि मृत्यु भएकाहरु सबै चिनियाँ नागरिक मात्रै भएको बीबीसीले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय निकायका अनुसार चीन बाहिर कम्तीमा ४७ जनामा संक्रमण पुष्टि भएका छन् । नेपालसहित थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया र सिङ्गापुर, ताइवान, मलेसिया र दक्षिण कोरिया, फ्रान्स र जापा, भियतनाम, , क्यानडा, क्याम्बोडिया, श्रीलंका र जर्मनीमा पनि कोरोनाको संक्रमण भेटिएको छ ।

पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जना ५० वर्षिय व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने अधिकांश बढी उमेरका र पहिले देखिकै श्वासप्रश्वासका समस्या भएकाहरु रहेका छन् । वुहान शहरमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ भने अरु शहरमा पनि यात्रामाथि थप कडाइ गरिएको छ ।

संक्रमण बढ्दै गएपछि लुनार नयाँ वर्षको विदा पनि तीन दिन लम्ब्याइएको छ । सांघाईमा माघ १० गतेसम्मका लागि सम्पूर्ण व्यवसाय बन्द गरिएको छ ।

यो भाइरसको हालसम्म कुनै विशेष उपचार र खोप पत्ता लागेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ