अमेरिकी दुतावास नजिकै रकेट दुर्घटना

अमेरिकी दुतावास नजिकै रकेट दुर्घटना

  • सोमवार, माघ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

१३ माघ, काठमाडौं । इराकको राजधानीमा रहेको अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट दुर्घटना भएको छ ।

राजधानी बगदादमा रहेको नदी किनारमा कातुषा नामको रकेट दुर्घटना भएको अमेरिकी संयुक्त अपरेसन कमाण्डरलाई उध्रित गर्दै अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकी दुतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ । यो महिना दुतावासमा भएको तेस्रो आक्रमणमा हो ।

गत पुस १८ गते इरानका सैन्य कमाण्डर कासेम सोलेमानी र अबु महदी अल मुहंडिस अमेरिकी सेनाको कारवाहीमा मारिएपछि जवाफमा इरानले अमेरिकी दुतावास र सैन्य क्याम्पहरुमा आक्रमण गर्दै आएको छ ।

अमेरिकी हस्तक्षेप बढेको भन्दै लाखौं सर्वसाधारण आन्दोलनमा उत्रिएका बेला रकेट आक्रमण गरिएको समाचारमा जनाइएको छ ।

इरानले यसअघि अमेरिकी दुततवासमा रकेट आक्रमण गर्ने क्रममा युक्रेनको बोइङ विमान दुर्घटना गराउँदा एक सय ६७ जनाको मृत्यु भएको थियो ।

दुर्र्घटनालगत्तै इरानले प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको भन्दै क्षमा मागेपछि इरानी नेतृत्वविरुद्ध समेत प्रदर्शन भइरहेको छ ।

यस्तै इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै सर्वसाधारणले अमेरिकाविरुद्ध समेत विरोध गरिरहेका छन् ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन् ।

यसैबीच अमेरिकी दुतावासमा भएको हमलाको इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले निन्दा गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ