पूर्वी टर्कीमा भूकम्प गयोः १४ जनाको मृत्यु, पाँच सय बढी घाइते

पूर्वी टर्कीमा भूकम्प गयोः १४ जनाको मृत्यु, पाँच सय बढी घाइते

  • शनिबार, माघ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

११ माघ, काठमाडौं । पूर्वी टर्कीमा आएको भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।

६ दशमलव ८ म्याग्नीच्युट मापन गरिएको भूकम्पका कारण भग्नावशेषहरुमा अझै केही व्यक्ति च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ ।

टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ ।

भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेकाले भत्किएका घरका भग्नावशेषमा नजान पीडितहरुलाई उद्धारकर्मीले आग्रह गरेका छन् ।

उत्तर पश्चिम टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१० मा आएको ६ म्याग्नीच्युटको भूकम्पमा पनि ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ