८ माघ, एजेन्सी ।
लेबनानमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार बनेसँगै लामो समयदेखिको जारी आन्दोलन अन्त्य भएको छ ।
राष्ट्रपति माइकल अउनले हिज्बुल्लाह र यसका सहयोगीले मन्त्रीपरिषदमा सम्झौता गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।
गत वर्ष अक्टोबरमा कामचलाउ सरकारका प्रधानमन्त्री साद हरिरीले राज्यको सम्पतिको दुरुपयोग गरेको भन्दै चौतर्फी विरोध भएपछि राजीनामा दिएका थिए ।
२० सदस्यीय मन्त्रीपरिषदको सरकारको नेतृत्व विश्वविद्यालयका प्राध्यापक हसन दिवले गरेका छन् । नयाँ सरकारलाई भने अधिकांश दलले समर्थन गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
नवनियुक्त प्रधानमन्त्री दिवले सबैको आकांक्षा अनुसार नै काम गर्ने प्रतिक्रिया दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline