’गृहयुद्धका क्रममा बेपत्ता भएकाहरु सबैको मृत्यु’

’गृहयुद्धका क्रममा बेपत्ता भएकाहरु सबैको मृत्यु’

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

७ माघ, एजेन्सी ।

श्रीलंका राष्ट्रपति गोतावाया राजापाक्षेले मुलुकको दुई दशक भन्दा लामो गृहयुद्धका क्रममा बेपत्ता भएका हजारौं मानिसको मृत्यु भएको बताउनु भएको छ । राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसंगको भेटमा राष्ट्रपति राजापाक्षेले गृहयुद्धमा २० हजार भन्दा बढी बेपत्ता भएकाहरुको मृत्यु भएको पहिलो पटक स्वीकार गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयले बेपत्ताहरुको मृत्यु प्रमाणपत्र जारी गरिने भन्दै उनीहरु मध्ये धेरैलाई तमिल टाइगर्संले जबरजस्ती आफ्नो संगठनमा भर्ती गरेको जनाएको छ ।

राजापाक्षेको सरकारले बेपत्ता भएकाहरुको सम्बन्धमा सरकारको कुनै भूमिका नरहेको जिकिर गर्दै आएको छ । बेपत्ता व्यक्तिका परिवारहरुले उनीहरुको अवस्थाबारे जानकारी दिन माग गर्दै प्रदर्शनहरु गर्दै आएका छन् ।

श्रीलंकाली सेनाले सन् २००९ को मे महिनमा २६ वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको तमिल विद्रोहीलाई पराजित गरेको थियो । गृहयुद्धका क्रममा करिब १ लाखको मृत्यु भएको र २० हजार बेपत्ता भएको अनुमान छ ।

जसमा धेरैजसो तमिल समुदायका छन् । वर्तमान राष्ट्रपति राजापाक्षे तमिल टाइगरविरुद्धको युद्धको महत्वपूर्ण समयमा रक्षामन्त्री थिए ।

श्रीलंकाली सरकारले गृहयुद्धको समयमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न राष्ट्रसंघ र मानवअधिकारवादी समुहहरुले गरेको आग्रह अस्वीकार गर्दै आएको छ । यो विषय आन्तरिक भन्दै आन्तरिक रुपमै छानबीन गर्ने उसको अडान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ