इरानले गर्यो इस्लामिक क्रान्तिकारी गार्ड कोरको बचाउ

इरानले गर्यो इस्लामिक क्रान्तिकारी गार्ड कोरको बचाउ

  • शनिबार, माघ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

४ माघ, एजेन्सी । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खमानेइले इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरसीजी)को वचाउ गरेका छन् ।
युक्रेनको बोइङ विमान दुर्घटनामा आईआरसीजीको संलग्नता रहेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नेता खमानेइले देशवासीलाई सम्बोधन गर्दै उसको बचाउ गरेका हुन ।
गत हप्ता इरानले युक्रेनको विमानमा रकेट प्रहार गरेर दुर्घटना गराउँदा चालक दलका सदस्यसहित एक सय ६७ जनाको मृत्यु भएको थियो ।
नेता खमानेइले अमेरिकाले हवाइ कारवाहीका क्रममा आफ्ना सैन्य कमाण्डर कासेम सोलेमानीको हत्या गरपछि उत्पन्न परिस्थितका कारण उक्त घटना हुन गएको समेत बताएका छन् ।
अमेरिकी हवाइ कारवाहीका क्रममा सोलेमानी मारिएपछि इरानले जवाफी कारवाही भन्दै इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो ।
सोही क्रममा युक्रेनको विमान उडान गरेलगत्तै आईआरसीजीले दुर्घटना गराएको थियो ।
घटना लगत्तै इरानले गल्ती भएको स्वीकार गरेपनि सर्वसाधारणले अमेरिकालाई जवाफ दिने क्रममा भएको घटनामा माफी माग्न नहुने भन्दै आन्दोलन गरेका थिए ।
त्यसलगत्तै इरानविरुद्ध सर्वत्र आलोचना भएको थियो । इरानले विमान दुर्घटना गराउन संलग्न रहेकाहरुलाई पक्राउ गरेको समेत जनाएको थियो । सर्वसाधारणले सरकारको विरोधमा प्रदर्शनसमेत गरेका थिए ।
विमान दुर्घटनामा मृत्यु भएका यात्रुका आफलन्तले शोक मनाइरहेका बेला खमानेइले आफ्नो सेनाको बचाउ गरेको भन्दै इराको उक्त कदमको सर्वत्र आलोचना भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ