रुसको मन्त्रीमण्डलद्धारा राजीनामा, मिखाईल मिसुस्टीन नयाँ प्रधानमन्त्री बन्ने

रुसको मन्त्रीमण्डलद्धारा राजीनामा, मिखाईल मिसुस्टीन नयाँ प्रधानमन्त्री बन्ने

  • बिहिबार, माघ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन् । रूसी राष्ट्रपतिसँग टेलिभिजन मार्फत भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन् ।
सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । प्रधानमन्त्रीले भने, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’ प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन् ।
उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाइँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भने ।
उनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गरेका छन् भने यसको नेतृत्वका लागि मेदवेदेवलाई नै सुझाव दिएका छन् । एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए ।
यसैबीच रुसको फेडेरल कर सेवाका प्रमुख मिखाईल मिसुस्टीन नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । राष्ट्रपति पुटिनले यो प्रस्ताव राखेको जनाईएको छ । उनलाई ससदले अनुमोदन गरे पछि सविधान ससोधनका अरु काम अघि बढ्ने जनाईएको छ । सन् २०२४ पछि राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था रहेको र त्यसलाई फेर्ने मनशायले ससोधनको कुरा पुटिनले ल्याएको अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ