व्यापार युद्ध मत्थर पार्ने प्रयासः अमेरीका र चीनबीच सम्झौता

व्यापार युद्ध मत्थर पार्ने प्रयासः अमेरीका र चीनबीच सम्झौता

  • बिहिबार, माघ २, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

एजेन्सी । चीन र अमेरिकाबीच व्यापार युद्धलाई सहज बनाउने उद्धेश्यका साथ बहुप्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित विशेष समारोहमा उक्त सम्झौता भएको हो ।
समारोहलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता वास्तवमै महत्त्वपूर्ण सफलता भएको बताए । सम्झौतामा चीनले अमेरिकी आयातमा २०० बिलियन डलरको बृद्धि गर्ने र बौद्धिक सम्पत्ति नियमहरूलाई सुदृढ पार्ने प्रतिबद्धता जनाएको छ । ‘यहाँ अगाडि बढ्नुपर्ने अझै धेरै कामहरू छन्’ युएस चेम्बर अफ कमर्सका चाइना सेन्टरका अध्यक्ष जेरेमी वाटरम्यानले भने।

शीर्ष रिपब्लिकन दाताहरू र व्यापारिक नेताहरूको उपस्थितिमा सम्पन्न समारोहमा भएको सम्झौतालाई राष्ट्रपति ट्रम्पले ‘ऐतिहासिक सम्झौता’ को संज्ञा दिएका छन् । ‘हामी सँगसँगै विगतको गल्तीहरूलाई सही गर्दैछौं र आर्थिक न्याय र सुरक्षा को भविष्य प्रदान गर्दैछौं’ उनले भने । ट्रम्पले यो सम्झौतालाई पहिलो चरणको सम्झौता भएको बताएका छन् । यस सम्झौताले केहि समस्याहरूलाई सम्बोधन गर्ने समेत उनले बताए ।

अमेरिका र चीन २०१८ देखि एकदमै पेचिलो व्यापारिक युद्धमा संलग्न छन् । जसले विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहेको छ । यस सम्झौतामा अमेरिकाले बौद्धिक सम्पत्ति र बढी अमेरिकी सामानहरू किन्ने प्रतिबद्धताबारे चीनले गरेका प्रतिज्ञाहरूको बदलामा केही थप शुल्कहरू आधा हुने कुरामा सहमति जनाएको छ।

सम्झौतामा ९ वटा च्याप्टर समावेश गरिएको छ । ती च्याप्टरमा दुबै देशको चिन्ता र चासोहरूलाई पूर्ण रुपमा सम्बोधन गरिएको छ । र यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूलाई स्थिरतासहित विकासको ट्र्याकमा ल्याउने आशा गरिएको छ ।

सम्झौतामा बौद्धिक सम्पत्ति अधिकार ९आईपीआर०, प्रविधि हस्तान्तरण, खाद्य र कृषि उत्पादन, वित्तीय सेवा, विनिमय दर र पारदर्शिता, व्यापार विस्तार साथै द्विपक्षीय मूल्याँकन र विवाद समाधान संयन्त्रहरुलाई विशेष रुपमा समेटिएको छ । पहिलो चरणको यो सम्झौता दुबै देशको हितमा रहेको समेत बताइएको छ । सम्झौतामा अमेरिकाले १२० अर्ब डलरको चिनियाँ उत्पादनको ट्यारिफ १५ प्रतिशतबाट ७।५ प्रतिशतमा घटाउने कुरामा सहमति जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ